१९ प्रिमियर कप क्रिकेट अन्तर्गत आज भएको खेलमा नेपालले इरानलाई दुई सय ७४ रनको विशाल अन्तरले हराएको छ । मलेसियामा जारी खेलमा टस हारी पहिले ब्याटिङ पाएको नेपालले ४०.१ ओभरमा अलआउट हुनुअघि तीन सय ५३ रन बनाएको थियो । विशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको इरानले भने ३०.५ ओभरमा अलआउट हुनुअघि ७९ रनमात्र बनाउन सक्यो ।
त्यसअघि नेपालका लागि कप्तान देव खनालले शतकीय पाली खेलेका थिए । आक्रामक रूपमा प्रस्तुत भएका उनले केवल ६० बलको सामना गरी एक सय रन बनाएका हुन् । उनले चार छक्का र १२ वटा चौका पनि हिर्काएका थिए ।
दीपक बोहरा र देव खनालले ९८ बलमा एक सय ६६ रनको साझेदारी गरेका थिए । दीपेश कँडेलले २९ रन बनाए भने सुवास भण्डारीले अविजित १८ र हेमन्त धामीले २३ रनको योगदान गरेका थिए । आकाश चन्दले पनि १९ रन बटुलेका थिए ।