आज अमेरिकी डलरको भाउ घटेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १३३ रुपैयाँ ४१ पैसा कायम गरिएको छ। बुधबार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ९० पैसा र बिक्रीदर १३३ रुपैयाँ ५० पैसा तोकिएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा ९ पैसा घटेको हो।
आज युरोपियन युरो एकको खरिदमा भने १४० रुपैयाँ ८३ पैसा र बिक्रीमा १४१ रुपैयाँ ४७ पैसा पाइन्छ। त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८५ रुपैयाँ २४ पैसा र बिक्रीमा ८५ रुपैयाँ ६३ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ६५ पैसा र बिक्रीमा ९८ रुपैयाँ ०९ पैसा पाइन्छ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६३ रुपैयाँ २० पैसा र बिक्रीदर १६३ रुपैयाँ ९३ पैसा तोकिएको छ। यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ४२ पैसा र बिक्रीमा ३६ रुपैयाँ ५८ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५७ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ १६ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३२ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बिहीबार २८ रुपैयाँ १५ पैसा र बिक्रीमा २८ रुपैयाँ २७ पैसा पाइन्छ। बिहीबार कुवेती दिनार एकको खरिदमा ४२९ रुपैयाँ ६५ पैसा र बिक्रीमा ४३१ रुपैयाँ ५९ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५२ रुपैयाँ २७ पैसा र बिक्रीदर ३५३ रुपैयाँ ८६ पैसा तोकिएको छ।