आज पनि बढ्यो सुनको मूल्य, प्रतितोला कति?

बहुमूल्य पहेँलो धातु सुनको भाउ फेरि उकालो लागेको छ । आज आइतबार सुनको भाउ तोलामा १ हजार रुपैयाँ बढेको हो । आइतबार सुन तोलामा १ लाख ८६ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । गत शुक्रबार सुनको भाउ तोलामा १ लाख ८५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी आइतबार चाँदीको मूल्य पनि उकालो लागेको छ । शुक्रबार तोलामा १ हजार ९ सय ५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतबार ५५ रुपैयाँ बढेर तोलामा १ हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।