पाँच घण्टादेखि युवक हाइटेन्सन लाइनको पोलको टुप्पोमा !

काठमाडौँ - मोरङको बुढीगंगा गाउँपालिका – ७ डंग्राहामा एक व्यक्ति हाइटेन्सन लाइनको पोलको टुप्पोमा चढेका छन् ।

बुढीगंगा गाउँपालिका – ७ डंग्राहाका ४० वर्षीय दिनेश कुमार माझी हाइटेन्सको पोलमा चढेका हुन् । उनी पाँच घण्टादेखि पोलको टुप्पोमा चढेर बसेका हुन् ।

सडकमा निर्माण भइरहेको रिटेनिङ वालको निर्माणको काम गुणस्तरीय नभएको भन्दै रोक्न माग राख्दै उनी १ लाख ३२ हजार भोल्टको प्रसारण लाइनको पोलमा चढेका हुन् ।

गाउँपालिका अध्यक्ष जित नारायण थापा मगर र उपाध्यक्ष अमृता कुमारी गच्छदार थारुले आफनो मागलाई वेवास्ता गरे आत्मदाह गर्ने चेतावनी समेत दिएका छन् । उनी शनिवार बिहान ६ बजे पोलमा चढेको हुन् । उनलाई तल ओराल्ने प्रयास भइरहेको छ ।