आज एकैदिन तोलामा ४२ सयले बढ्यो सुन , प्रतितोला दुई लाखनजिक

नेपाली बजारमा शुक्रबार (जेठ ३०) सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा चार हजार २०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ९७ हजार १०० रुपैयाँ कायम छ । बिहीबार (जेठ २९) छापावाल सुन प्रतितोला एक लाख ९२ हजार ९०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । चाँदीको मूल्य तोलाको दुई हजार १६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला दुई हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।