गर्मी मौसममा किन आउँछ घमौँरा ? यस्ता छन् बच्ने उपायहरु

काठमाडौं - गर्मी मौसममा लागेसँगै छालामा विभिन्न प्रकारका समस्याहरु आउने गर्दछ । गर्मी मौसमका कारण धेरैजसो मानिसहरुलाई पसिना आउने, बाक्लो लुगा लगाउनुका कारण, फोहोर खेल्ने, नियमित रुपमा हातखुट्टा सफा नगर्नाले र प्रदुषित वातावरणको कारण शरीरमा घमौरा आउने गर्दछ । यो एक किसिमको पसिनाको ग्रन्थीहरुबाट आउने एक किसिमको संक्रमण हो । पसिना ग्रन्थीका प्वालहरु शरीरमा सबैतिर सिधा भएर जान्छ ।तर कहिलेकाही कुनै कारणवंश पसिनाको प्वालहरु बन्द भयो भने शरीरामा घमौरा देखिछ ।

घमौरा निस्कनुका कारणहरु

छालामा उपस्थित ब्याक्टेरिया तथा मृत कोशिकाले पसिना निस्कने छिद्रलाई बन्द गरिदिन सक्छ । जसले गर्दा घमौरा आउँछ ।

फोहोर, धुलो मैलो छालामा जम्मा हुनाले छालामा रहेको छिद्र थुनिन्छ । जस्का कारण पनि घमौरा निस्कन्छ ।

घमौराबाट बच्ने घरेलु उपायहरु यसप्रकार रहेको छ ।

नीमको पात
नीमको १० देखि २० ओटा पातलाई एक गिलास पानीमा उमाल्ने र चिसो भएपछि घमौरा आएको ठाउँमा लगाउने र केहि समय पछि नुहाउने ।

काक्रा कागती
एका गिलास पानीमा एउटा कागती र काक्रालाई पानीमा डुबाएर राख्ने र केही समय पछि घमौरा निस्किएको ठाउँमा लगाउने ।

लसुन
लसुनलाई पिसेर लेप बनाई घमौरा आएको ठाउँमा दल्ने ।

घ्यु कुमारी
दैनिक रुपमा कम्तीमा पनि दिनको तीन पटक सम्म एक/एक चम्चा घ्यु कुमारीको जेललाई घमौरामा लगाउने ।

जैतुनको तेल
एक चम्चा जैतुनको तेलमा मह मिसाउने र घमौरामा लगाउने र केही समयपछि धुने ।