आज सुनको मूल्य तोलाको एक लाख ७० हजारभन्दा बढी

नेपाली बजारमा शुक्रबार (फागुन २) सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ७० हजार २०० रुपैयाँ कायम छ । बिहीबार (फागुन १) छापावाल सुन प्रतितोला एक लाख ६९ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ बढेको छ । चाँदी प्रतितोला एक हजार ९७० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ९६५ रुपैयाँ कारोबार भएको थियो ।