काठमाण्डौँ - स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले कर्मचारीहरूको जिम्मेवारी हेरफेर गरेका छन् । मन्त्री गिरीको चाहना अनुसार अब स्वास्थ्य समन्वय महाशाखामा यशोदा अर्याल आएकी छन् ।
समन्वय महाशाखाको जिम्मेवारी डा। सञ्जयकुमार ठाकुरले सम्हाल्दै आएका थिए ।
क्षयरोग तथा एचआईभी एड्स केन्द्रकी निर्देशकको जिम्मेवारी सम्हाल्दै आएकी अर्याललाई स्वास्थ्य समन्वय महाशाखामा खटाइएको हो ।