पाकिस्तान सुपर लिग (पीएसएल)मा पनि कुनैपनि क्लवले नेपाली क्रिकेटर लिएन

पाकिस्तानको व्यावसायिक क्रिकेट प्रतियोगिता पाकिस्तान सुपर लिग ‘पीएसएल’को नयाँ सिजनका लागि कुनै पनि टोलीले नेपाली खेलाडी खरिद गरेनन् । 

पाकिस्तान सुपर लिगका लागि नेपालबाट १० खेलाडीले नाम दर्ता गराएका थिए । सन्दीप लामिछाने, गुलशन झा, आरिफ शेख, आशिफ शेख, अर्जुन साउद, देव खनाल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, कुशल मल्ल र सोमपाल कामी ड्राफ्टमा थिए ।

पीएसएलमा इस्लामाबाद युनाइटेड, कराँची किंग्स, लाहोर ग्लाडर्स, मुल्तान सुल्तान, पेसेवर जल्मी, क्वेटा ग्लाडियटर्स गरी ६ टिम सहभागी छन् । प्रतियोगिता फागुन १३ देखि चैत ५ गतेसम्म सञ्चालन हुने तालिका छ । यसअघि सन् २०२४ को इन्डियन प्रिमियर लिग (आईपीएल) को अन्तिम सूचीमा पनि नेपाली खेलाडी परेका थिएनन् ।