माघको २ देखि १२ गतेसम्म निर्वाचन आचारसंहिता जारी

निर्वाचन आयोगले माघ ११ मा हुने राष्ट्रीय सभा निर्वाचनका लागि आचारसंहिता जारी गरेको छ। आचारसंहिता माघको २ गतेदेखि लागू  हुनेछ । आयोगको आइतबार बसेको बैठकले निर्वाचन आयोगको ऎनको दफा २२ र निर्वाचन आचारसंहिता, २०७९ को दफा १( २) बमोजिम २ देखि १२ माघसम्म लागू हुनेगरी आचारसंहिता जारी भएको निर्वाचन आयोगले जारी सूचनामा  जनाएको छ।  

यसैगरी रास्ट्रीय सभाका उम्मेदवारले अधिकतम साढे तीन लाख खर्च गर्न पाउने  भएको छ।