निगुरो टिप्न गएका श्रीमान श्रीमतीको नारायणीमा डुबेर ज्यान गयो

नवलपरासी - नवलपरासीमा निगुरो टिप्न गएका श्रीमान श्रीमतीको डुबेर ज्यान गएको छ ।  नवलपरासी पूर्वको नन्दपुरमा निगुरो टिप्न गएका श्रीमान श्रीमतीको नारायणी नदीमा डुबेर ज्यान गएको हो ।

मध्यबिन्दु नगरपालिका–२, नन्दपुरमा नारायणी नदीमा डुबेर कोल्हुवाका अन्दाजी ५५ वर्षीय सोमबहादुर बोटे र अन्दाजी ५० वर्षीया बगरी बोटेको ज्यान गएको हो ।