आज सुन प्रतितोला २ लाख १५ हजार २ सय रुपैयाँमा कारोवार

चाँदीको मूल्यमा केही दिनयता नयाँ रेकर्ड बनिरहेको छ । शुक्रबार प्रतितोला २५६५ रुपैयाँको मूल्य रेकर्ड बनाएकोमा आइतबार २५७० र आज सोमबार २५७५ रुपैयाँ पुगेको छ ।

सुनको भाउ पनि आज सामान्य बढेको छ । अघिल्लो दिनको तुलनामा आज प्रतितोला १ सय रुपैयाँले सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुन प्रतितोला २ लाख १५ हजार २ सय रुपैयाँ कायम गरेको छ । गत शुक्रबार हालसम्मकै उच्च मूल्य पुगेको रेकर्ड छ । सो दिन २ लाख १५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।