‘मुन्द्रेको कमेडी क्लब’,मा अभिनेता प्रदीप खड्का पहिलो गेष्ट

काठमाडौं - हास्य कलाकार जीतु नेपालको कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’ आजदेखि प्रसारणमा आउने भएको छ । नेपालले शोको पहिलो अतिथिको रुपमा अभिनेता प्रदीप खड्कालाई लिएका छन् । सामाजिक संजालमा शो सुटिङको एक तस्बिर पोष्ट गर्दै उनले सल्लाह र सुझावको अपेक्षा गरेको बताएका छन् ।नेपालले शोको पहिलो अतिथिको रुपमा अभिनेता प्रदीप खड्कालाई लिएका छन् ।

सामाजिक संजालमा शो सुटिङको एक तस्बिर पोष्ट गर्दै उनले सल्लाह र सुझावको अपेक्षा गरेको बताएका छन् । कान्तिपुर टेलिभिजनबाट साँझ प्रसारणमा आउन लागेको शो जीतुले ‘कि एडभटाइजिङ’ सँगै मिलेर निर्माण गरेका हुन् । शोको यो नयाँ सिजनको अध्यक्षमा अभिनेत्री प्रियंका कार्की रहेकी छन् । अब सुरु हुने शोमा अध्यक्ष मात्र नभएर केही कलाकार समेत नयाँ हुनेछन् । जसमा दमन रुपाखेती, श्याम राना, दिनेश काफ्ले, राजेन्द्र नेपाली ‘लट्टे’, प्रभात लामा र एलिना बास्कोटा ‘सान्नानी’ रहेका छन् । सुमन गिरी भाञ्जा कार्यक्रम संयोजक रहेको शोको निर्देशक दिनेश डिसी रहेका छन् ।