आजको शेयर बजार पनि राताम्मे, कारोबार रकम १ अर्ब ६७ करोड रुपैयाँमा झर्‍यो

 काठमाण्डौँ - शेयर बजार आज बुधवार पनि राताम्मे भएको छ । हिजो मङ्गलवार ३२ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज २० दशमलव ३१ अङ्कले घटेर दुई हजार २५ दशमलव १२ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेकोमा बीमा, व्यापार, उत्पादन र जलविद्युत् समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । सबैभन्दा धेरै माउन्टेन हाइड्रो नेपाल र श्वेत गङ्गा हाइड्रोपावर कम्पनीको शेयर आठ प्रतिशतले घटेको छ । समग्रमा बजार राताम्मे भएको दिन सबैभन्दा धेरै बलेफी हाइड्रो र सनराइज फोकस्ड इक्युटी फन्डको शेयर चार प्रतिशतले बढेको छ ।

आज ४८ लाख ३८ हजार कित्ता शेयर एक अर्ब ६७ करोड ९९ लाख रुपैयाँमा कारोबार भएका छन् ।