'पठाओ' र 'इनड्राइभ' का नाममा अफलाइन राइड गर्ने ८३ चालक कारबाहीमा

नियमभन्दा बाहिर गई पठाओ र इनड्राइभका नाममाअफलाइन राइड गर्ने ८३ जना चालकलाई जिल्ला प्रहरी परिसर काठमाण्डाैले कारबाही गरेको छ ।  काठमाण्डाैका विभिन्न ठाउँबाट अनधिकृत रूपले सर्वसाधारणलाई ओसारपसार गर्ने 'अफलाइन राइड ट्रिप' क्रियाकलापमा संलग्नलाई परिसरले नियन्त्रणमा लिई आवश्यक कारबाही गरेको छ ।

विगतका केही आपराधिक घटनामा यस्ता सवारी चालकको संलग्नता देखिएको र सुरक्षा संवेदनशीलताकाे दृष्टिबाट सधैँ जोखिम हुने भएको कारणले अफलाइन राइड शेयर नगर्नेतर्फ सचेत रहन परिसरले अनुरोध गरेकाे छ ।