काठमाडौं - धनगढी हवाई भाडादर दोब्बर महँगोमा

चाडपर्वको मौका हेरेर आफुूखुसी  भाडा निर्धारण गरि देशको आन्तरिक हवाईसेवामा यात्रुलाई ठगी गर्ने विषय नौलो होईन काठमाडौंदेखि धनगढी सम्मको हवाई भाडादर निजि बिमान कम्पनीले  प्रतियात्रु १७ हजार पुर्याइएकोछ।

चाडपर्व नजिकिएसँगै  गन्तव्यमा पुग्न अन्य सवारी साधन बस माइक्रोको टिकट पाउन सकस झेलिरहेका यात्रुलाई हवाई भाडा वृद्धिसँगै हवाईमार्गबाट घर फर्किने चाहना पुरा हुन गाह्राे भएपछि चाडपर्वमा घर फर्कन कुन विकल्प रोज्ने हो यसै भन्न नसकिने यात्रुहरु बताउन थालेका छन् ।

यता नियमनकारी निकाय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अधिकारी  धनगढी विमानस्थलका प्रमुख गणेश बहादुर सिंह भने मन्त्रालयद्वार स्वीकृत भाडा दर बमोजिमनै बिमान कम्पनीले अधिकतम भाडा लिइरहेको 

बताए ।

भाडादर वृद्धिदरको विरोधमा धनगढी विमानस्थल कार्यालय परिसर क्षेत्रमा केही युवाहरूको समूहले विरोध प्रदर्शन गरेको छ ।