काठमाडौंका पूर्व मेयर पीएल सिंहको निधन, आज काठमाडौ महानगरमा शोक बिदा

काठमाडौं महानगरपालिकाका पूर्व मेयर प्रेमलाल (पीएल) सिंहको निधन भएको छ । ८८ वर्षीय सिंहको काठमाडौंको ठमेल चाक्सीबारीस्थित आफ्नै निवासमा गए राति निधन भएको हो ।

२०४९ सालमा नेपाली कांग्रेसबाट काठमाडौं नगरपालिकाको मेयर निर्वाचित भएका सिंहले २०५२ साल मंसिर २९ गते काठमाडौं नगरपालिकालाई महानगरपालिका घोषणा गर्नु भएको थियो । सिंहको योगदानलाई सम्मान गर्दै आज अत्यावश्येक बाहेक काठमाडौं महानगरपालिका र मातहतका कार्यालयहरूमा शोक बिदा दिइएको महानगरले जानकारी दिएको छ ।