‘नम्बरी सुन’चलचित्रको शीर्ष गीत सार्वजनिक

काठमाडौं -अभिनेता गौरव पहारी र अभिनेत्री नम्रता सापकोटाको अभिनय रहेको चलचित्र ‘नम्बरी सुन’ को शीर्ष गीत सार्वजनिक भएको छ ।
 काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै चलचित्रको ‘नम्बरी सुन’ बोलको गीत सार्वजनिक गरिएको हो ।

राजेश पायल राई र शान्तिश्री परियारको स्वर रहेको गीतमा नारायण खातीको शब्द रहेकाे छ भने सन्तोष श्रेष्ठले संगीत भरेका छन् ।
सुवर्ण शिभान्स फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्र भदौ १ गतेदेखि प्रदर्शन हुने भनिएको छ।