टी–२० क्रिकेटमा सन्दीप लामिछानेको सय विकेट : सय विकेट लिने पहिलो नेपाली खेलाडी

नेपालका सन्दीप लामिछानेको टी–२० क्रिकेटमा एक सय विकेट पुरा गरेका छन् । वेस्ट इन्डिज र अमेरिकामा चलिरहेको विश्वकप क्रिकेटमा आफ्नो समूह चरणको अन्तिम खेलमा बङ्ग्लादेशको दुई विकेट लिएसँगै उनीले टी–२० मा एक सय विकेट पुरा गरेका हुन् । सन्दीपको टी–२० यो ५४ औँ खेल हो । सन्दीप सयौँ विकेट पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् ।

यसअघि दक्षिण अफ्रिकासँगको खेलमा उनी विकेटबिहिन भएका थिए । छिटो एक सय विकेट पूरा गर्ने खेलाडीको सुचीको पहिलो स्थानमा अफगानिस्तानका रसिद खान छन् । उनले ५३ खेलमा एक सय विकेट पूरा गरेका थिए । सन्दीप दोस्रो खेलाडी हुन् ।