विकास बैंकहरुले पनि घटाए ब्याजदर

कात्तिक महिनाको लागि विकास बैंकहरुले पनि ब्याजदर घटाएका छन् । सार्वजनिक ब्याजदर अनुसार सबै बैंकको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर असोजको तुलनामा घटेको छ । वाणिज्य बैंकहरुले लामो समयदेखि भद्र सहमतिका नाममा गर्दै आएको ‘ब्याजदर कार्टेलिङ’ को अन्त्य गरे पनि विकास बैंकहरुले भने यसलाई निरन्तरता दिएका छन् । कात्तिक महिनाको लागि राष्ट्रियस्तरका सबै विकास बैंकहरुले मुद्दति निक्षेपमा १०.२५% ब्याजदर दिने जनाएका छन् । 

पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रियको छ भने कर्जा विस्तार हुन सकेको छैन । त्यसैले बैंकहरुलाई ब्याजदर घटाउनुको विकल्प थिएन । निक्षेपको ब्याजदरसँगै अब कर्जाको ब्याजदर पनि घट्दै जान्छ । बैंकहरुले निक्षेपको ब्याजदर परिर्वतन गर्दा औसत १०% विन्दुले घटाउन वा बढाउन सक्ने व्यवस्था रहेको छ । सोहीअनुसार विकास बैंकहरुले कात्तिका लागि नयाँ ब्याजदर निर्धारण गरेको छन् । 

बैंकहरुले निक्षेपमा ब्याजदर बढाएसँगै अब कर्जाको ब्याजदर पनि सस्तो हुने भएको छ । बैंकहरुले आधार दरका आधारमा केही प्रतिशत प्रिमियम थपेर ब्याजदर तोक्ने गर्छन् । पछिल्लो समय वित्तीय प्रणालीमा अधिक तरलताको अवस्था छ । 

अन्तर बैंक ब्याजदर र सीडी रेसियो पनि घटेको छ । कर्जा प्रवाह खासै हुन सकेको छैन । तर पनि ब्याजदर महँगो रहेको थियो । अब कात्तिकदेखि ब्याजदर सस्तो हुँदा कर्जा प्रवाह बढ्ने अनुमान गर्न सकिन्छ । यसबाट सेयर बजारमा पनि सकारात्मक प्रभाव पर्न सक्ने आँकलन गरिएको छ ।