जिल्ला प्रहरी कार्यालय कास्कीले म्याद थपको माग गर्दै लामिछानेलाई मङ्गलवार जिल्ला अदालतमा उपस्थित गराएको थियो। गत कात्तिक २ मा काठमाण्डूबाट पक्राउ गरेर पोखरा लगिएका लामिछानेलाई अहिले आठौँ पटक म्याद थपिएको हो।
जिल्ला अदालत कास्कीका स्रेस्तादार राजन खनालले भने, "आज अरू खास विषय थिएन। चार दिनको लागि म्याद थप गरिएको छ।" कास्कीका प्रमुख प्रमुख श्यामबाबु ओलियाले लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति मागिएको बताए। कास्की प्रहरीले सोमवार लामिछानेसहित ५१ जनालाई सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोगमा मुद्दा चलाउन सिफारिस गरेको थियो।