ललितपुर मेयर्स कप महिला क्रिकेटको उपाधि एपीएफ क्लबलाई

काठमाण्डौ – ललितपुर मेयर्स कप महिला टि–२० क्रिकेटको उपाधि सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जितेको छ । आज भएको फाइनल खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई दुई रनले हराएको छ । एपीएफले दिएको एक सय ५६ रनको विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिमले २० ओभरमा पाँच विकेट गुमाएर एक सय ५३ रन मात्र बनाउन सक्यो ।

सुदूरपश्चिमका लागि कबिता जैसीले अविजित ६७ र लक्ष्मी साउदले २९ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । एपीएफका लागि करुणा भण्डारीले दुई र सुमन बिष्टले एक विकेट लिइन् । यसअघि कीर्तिपुर मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको एपीएफ क्लबले  २० ओभरमा चार विकेट गुमाएर एक सय ५५ रन बनाएको थियो ।

लिग चरणमा अपराजित रहँदै फाइनलमा पुगेको एपीएफले सुदूरपश्चिमलाई पराजित गर्दै चाैथो पटक उपाधि जितेको छ । प्रतियोगितामा एपीएफ, सुदूरपश्चिम, ललितपुर मेयर्स, कोशी, बाग्मती र मधेश गरी पाँच टोली सहभागी थिए ।