चार जनाको हत्या गर्ने आरोपीलाई प्रहरीले गर्‍यो सार्वजनिक, सीसीटिभी फुटेजबाट पत्ता लाग्यो आरोपी

तीनकुने गैरीगाउँस्थित दिव्य सःमिलमा चार जनाको हत्या गर्ने आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ। प्रहरीले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै हत्या आरोपी भनिएका सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा ९ स्थायी घर भएका र काठमाडौं काँडाघारीस्थित बीरेन्द्र चोकमा बस्ने २३ वर्षीय संजय भण्डारीलाई सार्वजनिक गरेको हो।

भण्डारीले चार जनाकै हत्या गरेको लिखित बयान दिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सोमेन्द्र सिंह राठौरले जानकारी दिए। बोलीसम्बन्धी अपांगता भएका (बोल्न नसक्ने) भण्डारी एक्लैले चारै जनाको हत्या गरेको बयान दिएका थिए। प्रहरीले भण्डारीसँग सांकेतिक भाषाका दोभाषे राखेर बयान लिएको थियो।

रिसबी साँध्न आरोपी भण्डारीले विशाल राईको खुकुरी प्रहार गरी हत्या गरेका थिए। घटना थाहा हुने डरले उनले अन्य तीन जनाको समेत हत्या गरेका थिए। प्रहरीका अनुसार केही समयअघि राईले चलाएको मोटरसाइकल दुर्घटनामा उनी परेका थिए। सोही विषयमा कुरा गर्न सःमिल पुग्दा राईले कुटपिट गरेपछि हत्या गरेको उनले प्रहरीलाई बयान दिएका छन्।

सीसीटीभी फुटेज पछ्याउँदै जाँदा समातिए चार जनाका हत्या आरोपी संजय भण्डारी

तीनकुने गैरीगाउँस्थि दिव्य सःमिल एण्ड काष्ठ उद्योगमा चार जनाको हत्या गर्ने आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ। प्रहरीले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै हत्या आरोपी भनिएका सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा ९ स्थायी घर भएका र काठमाडौं काँडाघारीस्थित बीरेन्द्र चोकमा बस्ने २३ वर्षीय संजय भण्डारीलाई सार्वजनिक गरेको हो।

भण्डारीले चार जनाकै हत्या गरेको लिखित बयान दिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सोमेन्द्र सिंह राठौर​​​​​​ले जानकारी दिए। बोलीसम्बन्धी अपांगता भएका (बोल्न नसक्ने) भण्डारी एक्लैले चारै जनाको हत्या गरेको बयान दिएका थिए। प्रहरीले भण्डारीसँग सांकेतिक भाषाका दोभाषे राखेर बयान लिएको थियो।

गत शुक्रबार राति दिव्य सःमिलमा ५६ वर्षीय कुमार भुजेल, ५२ वर्षीया उनकी श्रीमती अम्बिका भुजेल, ७६ वर्षीया आमा शुभद्रा भुजेल र १९ वर्षीय नविन राईको हत्या भएको थियो। विशाल राईलाई रिसबी साँधेर हत्या गरिए पनि घटना सार्वजनिक हुने डरले अन्य तीन जनाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ।

मोटरसाइकल दुर्घटना मुख्य कारण
आरोपी भनिएका भण्डारी केही समयअघि नविन भनिने विशाल राईले चलाएको मोटरसाइकल दुर्घटनामा परेका थिए। त्यसयता दुर्घटनाका विषयमा पटक-पटक उनीहरूबीच कुराकानी भएको र सोही कारण विशालले संजयलाई कुटपिट गरेका थिए। शुक्रबार राति भने संजय खुकुरी बोकेरै गैरीगाउँस्थित दिव्य सःमिल पुगेका थिए। त्यहाँ उनी पछाडिको गेट माथिबाट चढेर प्रवेश गरेका थिए। 

उनी सिधै विशाल सुत्ने कोठासम्म पुगेका थिए। उनी पुग्दा विशाल भने त्यहाँ थिएनन्। कोठामा राखिएको सोफामा बसेर उनले विशालको प्रतीक्षा गरेका थिए। केही समयमै कोठाभित्र छिरेका विशालसँग उनले सुरूका कुरा गर्न खोजेका थिए। तर विशालले 'यहाँ किन आएको' भन्दै कुटपिट गरेका थिए। रिस थाम्न नसकेर उनले झोलाबाट खुकुरी निकालेर पटक-पटक टाउकोमा प्रहार गरेका थिए। 

घटनाबारे ७६ वर्षीया शुभद्रा भुजेलले थाहा पाएको उनले चाल पाए। आफूले हत्या गरेको सार्वजनिक गरिदिने डरले उनले शुभद्रालाई पनि खुकुरी प्रहार गरी हत्या गरेका थिए। लगत्तै घटनास्थलमा देखिएका कुमार भुजेललाई पनि खुकुरी हानेका थिए। फोनमा कुरा गर्न खोजेको चाल पाएपछि उनले कुमारमाथि खुकुरी प्रहार गरेका थिए। चिच्याउँदै आइपुगेकी अम्बिकालाई पनि उनले त्यही खुकुरी हानेर हत्या गरेका थिए। हत्या गरेपछि उनले तीन जनाकै शव गोदामभित्रै ठेगान लगाएका थिए।

शव ठेगान लगाउने क्रममै अगाडिपट्टिको गेटमा आवाज आएपछि उनी फेरि पछाडिकै गेटबाट भागेका थिए। प्रहरीले उक्त समयमा दीपेन्द्र राई घटनास्थलमा आएको हुनसक्ने निष्कर्ष निकालेको छ। दीपेन्द्रले नै घटनाबारे बानेश्वर प्रहरी वृत्तमा पुगेर जानकारी गराएका थिए। रगत लतपतिएको देखिएपछि प्रहरीले उनलाई नियन्त्रणमा राखेको थियो। विशाल पक्राउ परेपछि दीपेन्द्रलाई भने रिहा गरिएको छ।

सीसीटिभी फुटेजबाट पत्ता लाग्यो आरोपी
आरोपी भण्डारी सःमिलबाट कोटेश्वर हुँदै काँडाघारी पुगेका थिए। काँडाघारी बीरेन्द्रचोकमा दिदी भिनाजुकहाँ उनी सुतेका थिए। प्रहरीका अनुसार उनी दिदी भिनाजुसँगै बस्दै आएका थिए। घटनाको भोलिपल्ट भण्डारीले खाना खाएर नक्सालस्थित स्कुलमा साथीहरूसँग भेटेका थिए। पछि फर्केर दिदी भिनाजु कहाँ पुगेरका फेरि सुतेका थिए।

प्रहरीले आफूलाई खोजिरहेको भन्दै सिन्धुपाल्चोक जाने क्रममा उनी पक्राउ परेका थिए। पक्राउ गर्नुअघि प्रहरीले विभिन्न विधि र प्रविधिबाट सीसीटीभी फुटेजमा देखिएका व्यक्तिसँग हुलिया दाँजेको थियो। उनले बोकेको झोलाबाटै घटनामा प्रयोग भएको खुकुरी बरामद भएको थियो। 

जन्मजात नबोल्ने भण्डारीले बाह्रबिसेमा ८ कक्षासम्म पढेका थिए। बाँकी २ कक्षासम्मको पढाइ काठमाडौंमा गरेको प्रहरीको भनाइ छ।