लगातार तेस्रो पटक नकारात्मक सर्किट लागेपछ बन्द भयो आजलाई सेयर बजार

धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक कारोबारमा तेस्रोपटक नकारात्मक सर्किट ब्रेक लागेको छ । पहिलोपटक बजार खुलेको दुई मिनेटमा १०७.०४ अंकले घटेर २० मिनेटका लागि बन्द भएको थियो ।

दोस्रो पटक ११ः२२ मा खुलेको थियो । तर, एक मिनेटमै ११ः२३ जाँदा बजार १३३.६१ अंकले घटेर ४० मिनेटका लागि बन्द भयो । त्यसपछि बजार १२ः०३ मा खुलेको थियो । बजार खुल्नबित्तिके ओरालो लागेको बजार तस्रोपटक तीन मिनेटमा १६०.३३ अकंले घटेर आज दिनभरका लागि बन्द भयो । 

उक्त अवधिमा २१७ कम्पनीको सेयर मूल्य घटेको छ । ९ कम्पनीको सेयर मूल्य बढेको छ । कारोबार सुरु भएको पहिलो घण्टा अर्थात् ११ देखि १२ बजेको बीचमा चार प्रतिशतले, दोस्रो घण्टा अर्थात् १२ देखि १ बजेको बीचमा पाँच प्रतिशतले र त्यसपछि ६ प्रतिशतले घटे वा बढे सर्किट ब्रेक लाग्छ । तेस्रोपटक बजार ६ प्रतिशत बढे वा घटे दिनभरका लागि बन्द हुन्छ ।