वीरगञ्जबाट लागुऔषध चरेससहित एक जना भारतीय नागरिक पक्राउ

प्रहरीले वीरगञ्जबाट लागुऔषध चरेससहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले वीरगञ्ज महानगरपालिका-२ डम्पिङ साइडबाट भारत उत्तर प्रदेश कुडोल फतेहावादका गोपाल गिरीलाई  सोमबार पक्राउ गरेको हो ।

विशेष सूचनाका आधारमा खानतलासी गर्ने क्रममा गरीले बोकेको प्लाष्टिकको झोलामा करिब तीन किलोग्राम चरेस फेला परेको थियो । पक्राउ परेका गिरीविरुद्ध लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।