आजबाट काठमाडौँका ४ वटा सडकमा एकतर्फी नियम लागू

काठमाडौं महानगरपालिकाले महानगरभित्र विभिन्न स्थानका सडकहरू आजदेखि एकतर्फी (वान- वे) बनाइएका छन्।  महानगरभित्र दोहोरो सवारी सञ्चालन भइरहेका तीनवटा सडक खण्डमा आजदेखि एकतर्फी सवारी सञ्चालन गर्ने व्यवस्था गरेको हो।

काठमाडौं र ललितपुर जोड्ने सेतोपुल, गुसिङ्गाल, मिलनमार्ग हुँदै त्रिपुरेश्वर आउने सडकखण्ड एकतर्फी बनाइएको महानगरपालिकाका ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठले जानकारी दिए। 'त्रिपुरेश्वरबाट ललितपुर जोड्ने सेतोपुल, गुसिङ्गाल, मिलनमार्ग सडकखण्डमा प्रवेश गर्न पाइँदैन,' उनले भने, 'त्यस्तै त्रिचन्द्र क्याम्पसबाट गणेशस्थान, प्रज्ञा प्रतिष्ठान भवन हुँदै कमलादी आउने बाटो समेत एकतर्फी बनाइएको छ। जमलको बाटो हुँदै प्रज्ञा प्रतिष्ठान जान पाइँदैन।'

 श्रेष्ठका अनुसार पुतलीसडकबाट काठमाडौं प्लाजा हुँदै हात्तीसारतर्फ सडकखण्डमा अब प्लाजाबाट बाँया मोड्न पाइने छैन।त्यहाँदेखि महेन्द्र शालिकसम्मको सडकलाई एकतर्फी बनाउने बनाइएको छ। यसबारे केही दिनसम्म सडक संकेत राखेर सर्वसाधरणलाई जानकारी गराइने बताइएको छ।