५ लाख घुससहित जितपुर सिमरा उपमहानगरपालिका-३ का वडाध्यक्ष पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुस लिएको आरोपमा बारा जितपुर सिमरा उपमहानगरपालिका ३ का वडाध्यक्ष तारा कार्कीलाई पक्राउ गरेको छ ।

उनलाई हेटौंडास्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पाँच लाख रुपैयाँ नगदसहित पक्राउ गरेको अख्तियारको टोलीले जनाएको छ । वडाध्यक्ष कार्कीले सडक बाटो सिफारिका लागि स्थानीय जग्गा व्यवसायी राजन उप्रेतीसँग पाँच लाख रुपैयाँ घुस मागेका थिए । जितपुरस्थित जैसवाल होटेलमा घुस लिँदै गर्दा अख्तियारको टोलीले कार्कीलाई पक्राउ गरेको हो ।

उनको साथबाट उप्रेतीले दिएको पाँच लाख रुपैयाँ घुसको रकमसहित अख्तियारको टोलीले बरामद गरेको इलाका प्रहरी कार्यालय सिमराले जानकारी दिएको छ ।