१ किलो १ सय ग्राम कोकिनसहित २ जना विदेशी नागरिक पक्राउ

१ किलो एक सय ग्राम लागुऔषध कोकिनसहित २ जना विदेशी नागरिक पक्राउ परेका छन्। उक्त कोकिनको बजार मूल्य ३ करोड ८५ लाख रूपैयाँ हुन आउने लागुऔषध ब्युरोको सह-प्रवक्ता प्रेमबहादुर शाहीले जानकारी दिए। पक्राउ पर्नेमा भारतीय नागरिक २३ वर्षीय फहिमुद्दिन नासिमुद्दिन अन्सारी र नाइजेरियन नागरिक ४४ वर्षीय इकेचुकवा सिरिल ओबोडोइफुला हुन्। 

उनीहरूलाई लागुऔषध ब्युरोले साउन १ गते पक्राउ गरेको हो। भारतीय नागरिकलाई काठमाडौं महानगरपालिका-२६ ठमेलबाट र नाइजेरियन नागरिकलाई काठमाडौं महानगरपालिका-९ पिंगलास्थानबाट पक्राउ गरिएको ब्युरोका सहप्रवक्ता शाहीले जानकारी दिए।