आज कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक/दुई ठाउँमा ठूलो पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सबै प्रदेशका केही ठाउँमा मध्यम वर्षाको सम्भावना छ ।
हिजो बेलुकी र गएराति पनि देशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । मनसुन केही कमजोर रहे पनि बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव कायमै रहेको महाशाखाले जनाएको छ ।