पद्मश्री पुरस्कारका लागि उत्कृष्ट ५ को सूची सार्वजनिक

काठमाडौँ - पद्मश्री साहित्यिक पुरस्कार-२०७९ का लागि उत्कृष्ट पाँच पुस्तकको सूची सार्वजनिक भएको छ ।
दोस्रो चरणमा विस्तारिक सूचीका १५ पुस्तकबाट उत्कृष्ट पाँच पुस्तक छनोट गरिएको खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जानकारी दिए ।

उत्कृष्ट पाँच पुस्तकहरूमा सुबिन भट्टराईको इजोरिया, विवेक ओजाको ऐंठन, डा देवीप्रसाद सुवेदीको मनु,प्रदीप रोदनको मफलर र डा। नवराज केसीको शून्यको मूल्य रहेका छन् । 

पुरस्कारका लागि १८० पुस्तक प्रतिष्ठानमा दर्ता भएका थिए । अब यी पाँच मध्येबाट उत्कृष्ट एक पुस्तकले पद्मश्री पुरस्कार पाउनेछ । यो पुरस्कार विसं २०६३ देखि प्रदान गर्न थालिएको हो ।