उत्तर कोरियाद्वारा छोटो दूरीका ब्यालेस्टिक मिसाइल प्रक्षेपण

उत्तर कोरियाले छोटो दूरीका ब्यालेस्टिक मिसाइलहरू प्रक्षेपण गरेको छ । नेता किम जोङ उनको सरकारले यस वर्ष लगातार मिसाइल तथा हतियार परीक्षण प्रक्षेपण गरिरहेको छ ।

उत्तर कोरियाले युक्रेनविरुद्धको युद्धमा प्रयोग गर्नका लागि रुसलाई हतियारको अवैध आपूर्ति गर्ने त्यहाँका हतियार विशेषज्ञ अधिकारीहरूले अनुमान गरेका अन्तर्रााष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

विशेषज्ञहरूले उत्तर कोरियाको मिसाइल प्रक्षेपणले कोरिया प्रायद्वीपमा शान्ति र स्थिरतालाई गम्भीर रूपमा खतरामा पार्ने भएकाले यसको प्रतिकार गर्नुपर्ने बताउँदै आएका छन् ।

उत्तर कोरियाको प्योङयाङले रुससँग प्रतिबन्ध लगाउने हतियारको व्यापारलाई अस्वीकार गरेको छ । तर लामो समयदेखि रोकिएको कूटनीतिका कारण यस वर्ष दक्षिण कोरियालाई ‘प्रमुख शत्रु’ भनेर आणविक हतियारहरूलाई सीमावर्ती क्षेत्रमा स्थानान्तरण गरेको सोल सेनाले जनाएको छ ।

उत्तर कोरियाले आउँदाे अक्टोबरमा संसदीय बैठकको तयारी पनि गरिरहेको छ । बैठकमा दुवै कोरियाको बिग्रिएको सम्बन्ध र तनावलाई बढावा दिने विषयमा छलफल हुने खबरमा उल्लेख छ ।