अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दैलेख डुंगेश्वर गाउँपालिकाको लेखा अधिकृतलाई एक लाख घुससहित नियन्त्रणमा लिएको छ। लेखा अधिकृत (सातौ तह) टंकबहादुर कार्कीलाई सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-९ मंगलगडी चोकबाट अख्तियारले बिहीबार नियन्त्रणमा लिएको हो।
गाउँपालिकाको सडक स्तरोन्नति तथा निर्माण सम्पन्नको बिल भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग एक लाख घुस लिएको आरोपमा पक्राउ गरिएको अख्तियारको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए। उनका अनुसार टंकबहादुरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ।