दीलिप रायमाझीकी छोरी दिव्या पनि अब हिरोइन

काठमाडौं - अभिनेता दीलिप रायमाझीकी छोरी दिव्या रायमाझी पनि अब चलचित्रमा देखिने भएकी छिन् ।

लामो समयदेखि अमेरिकामा बस्दै आएकी दिव्याले सुरेन्द्र पौडेलको निर्देशन तथा रोहित अधिकारीको निर्माणमा बन्न लागेको चलचित्र ‘वरिष्ठ बलराम’बाट नायिकाको रुपमा डेब्यू गर्न लागेकी हुन् ।

चलचित्रमा अभिनय गर्नकै लागि उनी केही समयभित्र नेपाल आउने तयारीमा छिन् । उनी नेपाल आएपछि निर्माण टीमसँग लिखित सम्झौता हुने बताइएको छ । चलचित्रको पटकथा खगेन्द्र स्वयम्ले तयार पारेका छन् ।