त्रिभुवन विश्वविद्यालय अब प्रविधि मैत्रि बन्दै, अब यी १० सेवा लिन कार्यालय जानै नपर्ने

 त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुको १० वटा सेवा अब अनलाइनबाट हुने भएको छ । परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार विद्यार्थीलाई सहज हुनेगरी अनलाइन सेवा दिन लागिएको हो । ‘असार १५ देखि अनलाइनबाट सेवा सुरु हुन्छ । कार्यलय आउनै पर्दैन,’ उनले भने ।

परीक्षा नियन्त्रण कार्यालयको सेवा प्रभावकारी नभएको र घण्टौ लाइन बस्नु पर्ने भन्दै आलोचना हुने गरेको थियो ।

यी हुन् अनलाइनबाट हुने सेवा :

१) त्रिवि रजिष्ट्रेशन आवेदन फाराम

२) परीक्षा आवेदन फाराम

३) ट्रान्सक्रिप्ट आवेदन फाराम

४) प्रोभिजनल सर्टिफिकेट

५) मूल प्रमाणपत्र

६) पूर्नयोगका लागी आवेदन फाराम

७) शैक्षिक कागजातमा नाम/बर/रजिष्ट्रेशन लगायत सच्चाउने फाराम

८) विभिन्न सिफारीस पत्रहरु

९) प्रमाणपत्रहरुको प्रमाणिकरण

१०) प्रतिलिपी ट्रान्सक्रिप्ट र मार्कसिट