रुपकी रानी (कविता)

रुपकी रानी तिमी मायाकी खानी  
नमार्नु माया कहिले जानी जानी

आखाको नानीमा पसिदेउ तिमी
मनको मन्दिरमा बसिदेउ तिमी  
रुपकी रानी तिमी मायाकी खानी  
नमार्नु माया कहिले जानी जानी

ओठलाई हसिलो बनाइदेउ तिमी 
जिबनलाई रसिलो बनाइदेउ तिमी
रुपकी रानी तिमी मायाकी खानी
नदिनु दुख कहिले जानी जानी

जिबनलाई साथी बनिदेउ तिमी
मनलाई सारथी भनिदेउ तिमी
रुपकी रानी तिमी मायाकी खानी
नतोड्नु नाता कहिले जानी जानी

शैलेन्द्र बिक्रम बिडारी