सुन प्रकरण : भन्सार विभागद्वारा समिति गठन

 काठमाडौँ - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणको सुन बाहिरिएको प्रकरणमा छानबिन गर्न भन्सार विभागले छानबिन समिति गठन गरेको छ ।

विमानस्थलको भन्सारबाट जाँचपास भएको बाहिरएको अवस्थामा करिब एकसय किलो सुन गएराति बरामद गरिएको थियो । विभागले मानबहादुर पौडेलको नेतृत्वमा छानबिन समित गठन गरेको हो ।