खाद्य कम्पनीले हिजोदेखि सुरू गर्‍यो सहुलियत पसल

चामल र दालमा प्रति किलोग्राम ५ रुपैयाँ छुट चाडपर्व लक्षित सुपथ मूल्य पसलहरू हिजोदेखि सञ्चालनमा आएको छ। बिहीबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले थापाथलीस्थित सुपथ मूल्य पसलको उद्घाटन गरेका हुन्।

यस वर्ष खाद्य व्यापार कम्पनीले देशभर ४२ जिल्लाका ६३ वटा बिक्री कक्षबाट खाद्य बिक्री गर्नेछ। काठमाडौं उपत्यकामा ४ वटा बिक्री कक्ष हुनेछ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले देशभरका सुपथ मूल्यका पसलहरूमा चामल र दालमा प्रति किलोग्राम ५ रुपैयाँ छुटमा उपलब्ध गराइनेछ।

हिजोदेखि सञ्चालनमा आएको सुपथ मूल्य पसल माघ २ गतेसम्म सञ्चालनमा रहने जनाइएको छ। साथै कम्पनीले आजदेखि नै संस्थामा प्लस एफ फोर्टिफाइड राइसको प्लान्ट पनि उद्घाटन गरेको छ।