सहकारी ठगीमा १९ जनाविरुद्ध मुद्दा दर्ता, रवि र छविको आइतबार गरिने

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जीवी राईसहित १९ जनाविरुद्ध आजै कास्की जिल्ला अदालतमा मुद्दा दर्ता हुने भएको छ। जिल्ला सरकारी वकिल कास्कीले रविसहित सूर्यदर्शन सहकारी ठगीमा पूरक उजुरी परेका १९ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गर्न लागेको हो।

तर सहकारी ठगी प्रकरणमै पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, पूर्व डिआइजी छविलाल जोशीसहित ५ जनाविरुद्ध आइतबारमात्रै मुद्दा दर्ता हुने भएको छ। उनीहरूविरूद्ध पनि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण ऐन अनुसार अभियोग लैजाने तयारी सरकारी वकिलले गरेको छ।