जापानको चन्द्रयान चन्द्रमामा

जापानको राष्ट्रीय अन्तरिक्ष एजेन्सी (जाक्सा)ले स्मल लुनार ल्यान्डिङ डेमोन्स्ट्रेटर स्लिम चन्द्रमामा अवतरण भएको शनिबार पुष्टि गरेको छ। स्थानीय समय अनुसार शनिबार जापानले एयरोस्पेस एक्सप्लोरेसन एजेन्सी (जाक्सा) ले एक अनलाइन व्क्तव्यमा जापानी मानवरहित यान राति १२ बजेर २० मिनेटमा चन्द्रमामा  अवतरण गरेको जनाएको छ।

अवतरणपछि चन्द्रमामा  धेरै समय रहनको लागि तयार पारिएको सोलार ब्याट्रीको रिचार्ज हुन नसकेपछि  यानमा रहेको व्याकअपको सहयोगमा चन्द्रमाका तस्वीर चट्टान संकलन र  अनुसन्धानका अन्य  गतिविधि सुचारु भइरहेका जाक्साले जनाएको छ।