मिटरब्याज पीडितले उजुरी छानबिन गर्न प्रशासनको ढिलासुस्ती : न्याय नपाएको भन्दै पीडित खोसिएको घर प्रवेश

गैर अनुचित लेनदेन (मिटरब्याज) विरुद्धको उजुरीमा स्थानीय प्रशासनले छानबिन गर्न ढिलासुस्ती, आनाकानी र भएका सहमति कार्यान्वयनका लागि समेत चासो नगरेको आरोप लगाउँदै मिटरब्याजपीडितहरु आन्दोलित बन्न थालेका छन् ।

सिराहा लाहान नगरपालिका - ७ का मिटरब्याजपीडित श्याम विश्वकर्मको उजुरीको निवेदन विषयमा जिल्ला प्रशासन सिराहाले दसौंपल्ट छलफल हुँदासमेत निर्णय दिन नसकेको भन्दै मिटरब्याजविरुद्धको संघर्ष समितिको अगुवाइमा शनिबार साहुकारले जालझेल गरेर आफ्नो नाममा लिएको घर खाली गराएर पीडितलाई प्रवेश गराएको छ। लाहान ७ - का रामबाबु महतोले जालझेल गरि १० धुर जग्गा दुई कोठे पक्की घर हत्याएको आरोप लगाउँदै संघर्ष समितिले पीडित विश्वकर्मा र उनका परिवारलाई घर प्रवेश गराएको हो।

संघर्ष समितिका सयौंजनाको समूहले मिटरब्याजीको अत्याचार बन्द गर, जालझेल गरेर खोसिएको घरजग्गा फिर्ता गर लगाएका नारा लगाउँदै पीडित परिवारलाई घर प्रवेश गराएको हो।