आज नेप्से बन्द, सेयर कारोबार नहुने

काठमाडौँ - आज (मंगलबार) सेयर कारोबार बन्द रहने भएको छ। आज चैत ७ गते मंगलबार  घोडेजात्रा भएको हुनाले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिइएको छ। सोही कारण नेप्से पनि बन्द हुने भएको हो।

अब बजार बुधबार बिहान ११ बजे मात्र खुल्नेछ। यसअघि सोमबार नेप्से सूचक २२.६५ अंकले बढेर १९४९.०६ विन्दुमा अडिएको छ।