प्रहरी जवान पदको परीक्षा दिने ६ जना नक्कली परीक्षार्थी पक्राउ

काठमाडौँको नयाँ बानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयबाट ६ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।  शनिबार नेपाल प्रहरी प्रधान कार्यालय नक्साल, काठमाडौँद्वारा प्रकाशित विज्ञापन अनुसार सञ्चालित प्रहरी जवान पदको लिखित परीक्षामा अन्य व्यक्तिको नाममा परीक्षा दिइरहेका ६ जनालाई प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेहरुमा दोलखाको जिरी नगरपालिका वडा नम्बर ९ घर भई हाल काठमाडौँको बालाजु बस्ने २३ वर्षिय मोहन सुनुवार,कालिकोटको शुभकालिका गाउँपालिका वडा नम्बर ७ घर भई हाल काठमाडौँको लैनचौर बस्ने २४ वर्षिय गोपाल शाही, सुर्खेतको बिरेन्द्रनगर नगरपालिका वडा नम्बर ५ घर भई हाल काठमाडौँको माछापोखरी बस्ने २२ वर्षिय मनोज शर्मा रहेका छन् । 

त्यस्तै दैलेखको भैरवी गाउँपालिका वडा नम्बर ५ घर भई हाल काठमडौँको बानेश्वर बस्ने २२ वर्षिय आकाश खड्का, सुर्खेतको बिरेन्द्रनगर नगरपालिका वडा नम्बर ११ घर भई हाल काठमाडौँको माछापोखरी बस्ने २० वर्षिय उमेश शर्मा र जुम्लाको तिला गाउँपलिका वडा नम्बर २ घर भई हाल काठमाडौँको बालाजु बस्ने २२ वर्षिय मिन रावललाई प्रहरीले पक्राउ गरेको हो । 

उनीहरुको साथबाट अर्काको फोटो टाँस गरेको सक्कली प्रवेश पत्रहरु र नागरिकताको प्रतिलिपीहरु बरादम गरिएको छन् । काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थपेर उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।