ईरानी राष्ट्रपति इब्राहिम रईसी, हेलिकप्टर दुर्घटनामा मृत्यु

ईरानी  राष्ट्रपति इब्राहिम रईसीको मृत्यु भएको छ । समाचार संस्था रोयटर्सका अनुसार आइतबार भएको हेलिकप्टर दुर्घटनामा रईसीको मृत्यु भएको ईरानी अधिकारीहरुले बताएका छन् ।  राष्ट्रपति रईसीसँगै ईरानका विदेश मन्त्री हुसैन अब्दुल्लाहयानको पनि मृत्यु भएको छ। 

६३ वर्षको राष्ट्रपति रईसीको मृत्यु बारे ईरानको स्टेट मिडिया प्रेस टिभी र अर्ध आधिकारिक तास्निम एन्ड मेहर समाचार संस्थाले पनि मृत्यु बारे पुष्टि गरेको छ ।