आजको शेयर बजार : नेप्से १४.०५ अंकले घट्यो, कारोवार रकम कति ?

काठमाडौँ  - साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार घटेको छ । बुधबार नेप्से परिसूचक १४.०५ अंकले घटेर २०५०.७८ विन्दुमा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.०३ अंकले घटेर ३८६.११ बिन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्जमा कुल २७१ कम्पनीको ५६ लाख ५१ हजार १६४ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ४९ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा शिभम् सिमेन्ट अग्रिम स्थानमा छ।