कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा ठूलो वर्षाको सम्भावना

देशका धेरै ठाउँमा रातभर झरी परेकोमा अहिले भने केही कम भएको छ । राति मकवानपुरमा ठूलो पानी परेको थियो । अहिले भने ठूलो बाढी आउने गरी कतै पनि पानी नपरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

लगातार झरी र ठूलो पानी परेका बेला नदी, खोला र तटीय क्षेत्रमा बाढी र डुबानको जोखिम हुने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । गएको जेठ १५ गते राति कोशी प्रदेशमा भित्रिएको मनसुन हिजोदेखि देशभर फैलिएको छ ।