धादिङमा डेंगुका बिरामी दैनिक बढ्दै

काठमाण्डौँ - पछिल्लो केहि दिन यता धादिङमा डेंगु संक्रमण हुनेको संख्या बढ्दै जान थालेको छ । धादिङ सहित देशैभर केहि दिन यता डेँगु संक्रमणका बिरामी बढ्न थालेका हो । धादिङमा हिजो मात्रै २४ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये १६ जना पुरुष र ८ जना महिला रहेका छन् । संक्रमित भएका मध्ये नीलकण्ठ नगरपालिकामा २२ जना,बेनिघाट रोराङका १ र ज्वालामुखीका १ जना रहेको स्वास्थ्य कार्यलय धादिङले जनाएको छ । साउनको १ देखि यता जिल्लामा संक्रमित हुनेको संख्या ९४ पुगेको छ । जसमा पुरुष ५१, महिला ४३ जना छन् ।

डेंगु संक्रमणको जोखिमको मौसम सुरु भएसँगै स्वास्थ्य कार्यलय धादिङले सुरक्षित रहन आग्रह गर्दै आएको छ । पूरा बाहुला भएका लुगा लगाउन, झुल भित्र मात्र सुत्न, झ्यालढोकामा जाली राख्न, घर, कार्यालय, विद्यालय वा सार्वजनिक क्षेत्रमा पानी जम्न नदिन आग्रह गरेको छ ।