बीपी कोइराला राष्ट्रिय पुरस्कार चार जनालाई प्रदान गरिने

काठमाण्डौँ - साउन ६ गते बीपी कोइरालाको स्मृति दिवसका अवसरमा चार जनालाई बीपी कोइराला राष्ट्रिय पुरस्कार प्रदान गरिने भएको छ ।

विश्वेश्वरप्रसाद कोइरालाको नाममा स्थापित राष्ट्रिय पुरस्कार चार जनालाई प्रदान गरिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले राजनीतिक दर्शनतर्फ दुई र साहित्य दर्शनतर्फ दुई जनालाई पुरस्कार प्रदान गर्न लागेको हो ।

राजनीतिक दर्शनतर्फ वरिष्ठ राजनीतिज्ञद्वय कुलबहादुर गुरुङ इलाम र ढुण्डीराज पौडेल अर्घाखाँची तथा साहित्य विधातर्फ देवीप्रसाद उपाध्याय रेग्मी ९स्याङ्जा० र गिरिराज आचार्य धरानलाई पुरस्कार प्रदान गर्ने निर्णय गरिएको मन्त्रालयका प्रवक्ता राजेन्द्रकुमार केसीले जानकारी दिए।

मन्त्रालयले गत असार १३ गते पुरस्कारबारे निर्णय गरेको हो।पुरस्कारको राशि जनही रु।एक लाख रहेको छ।
बीपी कोइरालाको स्मृति दिवसका अवसरमा यही साउन ६ गते बीपी संग्रहालय सुन्दरीजलमा पुरस्कार वितरण गर्ने कार्यक्रम तय भएको छ।