मधेस प्रदेशको स्वास्थ्य निर्देशनालयले नवौं तहदेखि छैटौं तहसम्मका १६० कर्मचारी करारमा मागेको छ। बिहीबार एक सूचना प्रकाशन गर्दै निर्देशनालयले नवौं तहमा ६ जना रेडियोलोजिस्ट, ६ जना प्याथोलोजिस्ट, ६ जना यौन तथा छाला रोग विशेषज्ञ, डेन्टल सर्जन ६ जना, एमडिजिपी १० जना, १० जना अर्थोपेडिक सर्जन, ८ जना एनेस्थेसियोलोजिष्ट, बाल रोग विशेषज्ञ १२ जना, स्त्री तथा प्रसूती रोग विशेषज्ञ ९ जना, जनरल सर्जन १० जना र १० जना जनरल फिजिसियन मागेको हो।
त्यस्त आठौं तहमा १० जना डेन्टल अधिकृत, २ जना आयुर्वेद चिकित्सक र २८ जना मेडिकल अधिकृत मागेको छ। सातौं तहमा ३ जना अस्पताल व्यवस्थापक र ६ जना नर्सिङ अधिकृत मागेको छ। निर्देशनालयले छैटौं तहमा ६ जना अप्टोमेट्रिष्ट मागेको छ।
इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले आजको १५ दिन भित्र अनलाईबाट दरखास्त दिन सक्नेछन्। आवेदन दस्तुर छैटौं, सातौं र आठौं तहका लागि एक हजार र नवौं तहका लागि १ हजार २ सय तोकिएको छ।