यातायात व्यवस्था विभागको कर्मचारीको बैंक खातामा अढाई करोड भेटियो

काठमाडौंमा सवारीचालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स ) परिक्षा पास नगरेकालाई वितरण गरेको समय अवधिमा यातायात व्यवस्था विभागको कर्मचारीको  खातामा धेरै रकम देखिएको भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान, छानबिन थालेको छ। 

यातायात व्यवस्था विभागका  उपसचिव केशव अर्यालको खातामा कम्प्युटर अपरेटर लक्ष्मण पाण्डेले जम्मा गरेको अढाई करोड रुपैयाँको स्रोतबारे विभागले छानबिन शुरु गरेको हो।

अनियमित तरिकाले लाइसेन्स वितरण गरिएको विषयमा यातायात व्यवस्था बिभागले अनुसन्धान पुरा गरि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई थप छानबिनका लागि प्रतिवेदनसहितका विवरण बुझाएको अवस्थामा सम्पत्ति शुद्धीकरण विभागले पनि यस विषयमा चासो राखेर अनुसन्धान थालेको हो।

अख्तियार दुरुपयोग  अनुसन्धान आयोगले नक्कली (स्मार्ट लाइसेन्स) पुरानो र नयाँ गरी करिब डेढ लाख थान लाइसेन्सको अनुसन्धान, छानबिन गरिरहेको छ।