दिल्लीका मुख्यमन्त्री केजरीवाल आर्थिक लाभ लिएको आरोपमा पक्राउ

भारतको नयाँ दिल्लीका मुख्य मन्त्री एंव आम आदमी पार्टीका अध्यक्ष अरविन्द केजरीवाल पक्राउ परेका छन् । केजरीवालले प्रवर्तन निर्देशनालय ( इन्फोर्समेन्ट डाइरेक्टोरेट ईडी) ले दिल्लीको नयाँ मदिरा बेचबिखनसम्बन्धी नीति जारी गर्दा व्यापारीहरुसँग मिलेमतोमा आर्थिक लाभ लिएको आरोपमा अनुसन्धानका लागि मुख्यमन्त्री केजरीवाललाई पक्राउ गरेको भारतीय समाचार संस्थाहरुले जनाएको छ । 

सन् २०२१ को नोभेम्बर १७ देखि  केजरीवाल नेतृत्वको दिल्ली सरकारले नयाँ मदिरा नीति लागू  गरी मदिराको बिक्रि वितरणको सम्पुर्ण अधिकार निजी क्षेत्रलाई दिएको  थियो ।